काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्व राजा ज्ञानेन्द्र शाहले देशलाई पुनः द्व’न्द्वमा ध’के’ल्न खो’जेको आ’रो’प लगाएका छन् । उनले शाहे भ्र’मको खेती गरेको भन्दै चु’वचा’प गणतन्त्र स्वीकार्न चे’ताव’नी समेत दिए ।

पूर्वराजा शाहले मंगलबार दिएको दशैंको शुभकामना सन्देशलाई केन्दीत गर्दै भट्टराईले पूर्वराजा शाहलाई चु’पचा’प संघीय लोकतान्त्रिक गणतन्त्र स्वीकार गरेर बस्न सुझाव दिनुभएको हो ।

शाहले आफ्नो शुभकामना सन्देशमा प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्थाबिनाको प्रजातन्त्र नेपालजस्तो देशमा सान्दर्भिक नहुने तर्क दिनुभएको थियो ।

डा. भट्टराईले सामाजिक सञ्जालमा यस्तो लेख्नुभएको छ, ‘राजसंस्थाविनाको प्रजातन्त्र टिक्दैन भन्नु जनतालाई तातो बरफ वा सिंगसहितको खरायो खोज्न लगाउनु जस्तै भ्र’मको खेति गर्नु र देशलाई पुनः द्व’न्द्वमा धकेल्नु मात्रै हो । पूर्वराजालाई देश र जनताप्रति अलिकति पनि जिम्मेवारीवोध छ भने चुपचाप संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकारेर बस्नु बेश हुनछ ।’

पूर्वराजा ज्ञानेन्द्र शाहले देशको तत्कालीन परिस्थितिले आफूलाई बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याए पनि प्रजातन्त्र बिनाको राजसंस्था र राजसंस्था बिनाको प्रजातन्त्र हाम्रोजस्तो मुलुकमा सान्दर्भिक हुन सक्दैन भन्ने वोध गरेको उल्लेख गरेका छन् ।

विजया दशमीको अवसरमा देशवासीमा भिडियो सन्देश जारी गर्दै उनले देश भित्र र बाहिर रहे–बसेका सम्पूर्ण नेपालीहरुमा शान्ति र सुखको लागि शुभकामना व्यक्त गरेका छन् । सन्देशमा उनले भनेका छन्, ‘हाम्रो समाज सनातनिक आदर्श र पुर्ख्यौली पौरखबाट पृथक छैन ।

तर हाम्रो राजनीति र राजकाजी चालचलन त्यसअनुरुप हुन सकेन ।’ लोक कल्याणका हेतु राजनीतिक स्वच्छता, जनप्रियता र जनआकांक्षा पूर्तिको दिव्य मान्यतामा आधारित हुनुपर्ने भए पनि राजनीतिक व्यवस्था आफू, आफ्नो समूह र त्यसभित्रको गुट उपगुटमा अल्झिएको उनको भनाइ छ ।

उनले प्रश्न गरेका छन्, ‘कोरोनाको महामारी, अनेक प्राकृतिक विपत्ति, बेरोजगारी, महँगी र अस्थिरताको भूमरीमा फसेका आम नेपालीले सत्य सेवा तथा लोकहितको अनुभूति गर्न पाइरहेका छन् त ?’ कुनै पनि परिवर्तनको मर्म देशसँग अन्तरसम्बन्धित हुने भन्दै उनले त्यसको प्रभाव जनताले आफ्नो दैनिक जीवनमा अनुभूत गर्न सक्नुपर्नेमा जोड दिएका छन् ।

‘दुर्भाग्यवस्, शिक्षा तथा स्वास्थको व्यापारीकरण, विकास निर्माणका कामको भ्रष्टीकरण प्रशासनिक र राजनीतिक पेसाले सीमित व्यक्तिलाई फाइदा पु¥याउने र न्यायिक क्षेत्रमा उत्पन्न विचलनले सबैतिर निराशाको बादल छाएको छ,’ सन्देशमा उनले भनेका छन्, ‘त्यसैगरी सार्वभौमिकता, राष्ट्रियता र राष्ट्रिय एकता दुर्लभ गराउने, मौलिक धर्म संस्कृति संकटमा पार्ने, राष्ट्र हितमा केन्द्रित रहनुपर्ने परराष्ट्र नीति असन्तुलित भइ राष्ट्र सुरक्षा स्वार्थमा चुनौती थपिएकाले हाम्रो मन पोलेको छ ।’

हरेक नेपालीलाई आफ्नो स्वतन्त्र विचार र आस्थाको अधिकार हुने उल्लेख गर्दै पूर्व राजा ज्ञानेन्द्रले भनेका छन्, ‘राजसंस्था वैचारिक आस्थाका आधारमा विभे’द गर्दैन, त्यो हाम्रो मान्यता पनि होइन, न त परम्परा ।’ शाह वंशीय राजपद्धतिको इतिहासले राष्ट्रिय आवश्यकता र जनचाहनाको परिधि बाहिर कुनै पनि समस्याको समाधान नखोजेको र नखोज्ने पनि उनले प्रस्ट पारेका छन् ।

‘देश भक्ति र राष्ट्रप्रतिको भावना मानिसमा दबित भए पनि नामेट हुन सक्दैन । योग्य समयमा समुचित तरिकाबाट त्यो प्रष्फुटित हुने गर्दछ,’ सन्देशमा उनले भनेका छन्, ‘केही समय यता जिम्मेवार एवं देशभक्त नागरिकहरुबाट राष्ट्रको चिन्ताले व्याकुल भई व्यक्त विचारहरुलाई हामीले राष्ट्र, राष्ट्रिय अनुराग र निष्ठामात्र प्रकट गरेको नभई आम नेपालीमा राष्ट्रवादी चेतको सञ्चारसमेत गराएको रुपमा बुझेका छौं ।

’प्रजातन्त्रिक, प्रगतिशील या अन्य जुनसूकै विचारप्रति अस्थावान भए पनि राष्ट्रपतिको श्रद्धाले सबै नेपालीलाई एउटै मालामा उन्ने विश्वास आफूले लिएको उनले प्रस्ट पारेका छन् । ‘अतितका गौरवपूर्ण विधि, व्यवस्थालाई सम्झेर विद्यमानका नमिल्दो स्थितिलाई सुधार्ने सकारात्मक र देश सुहाउँदो राजनीति राज्य व्यवस्थाका

सबै क्रियाशील शक्तिहरुबाट सही सोच राख्नु देश र जनताको हितमा उपयुक्त अनुभूति हो भन्ने हाम्रो धारणा छ,’ सन्देशमा उनले भनेका छन्, ‘देशभन्दा माथि हामी कोही पनि छैनौं । श्री नवदुर्गा भवानीले सबै नेपालीमा राष्ट्र कर्तव्य निर्वाह गर्न सामर्थ प्रदान गरुन्, यही हाम्रो कामना छ । जय नेपाल ।’    

By admin