काठमान्डाैं – नेपालमा उमेर, वर्ग र पेसाका आधारमा लक्षित समूह तोकेर को’रोना भा’इरस विरु’द्धको खोप अभियान सञ्चालन भइरहेको छ। तर, लक्षित समूहमा रहेका नागरिकले सहज रूपमा खोप लगाउन पाएका छैनन् ।

घण्टौं लाम लागे पनि ज्येष्ठ नागरिक नै त्यत्तिकै घर फर्किएका थुप्रै उदारहण छन् । पहुँचवालाले भने सहजै घरमै पनि खोप लगाउन पाएका छन् । खोपको आसमा रहेका ७२ प्रतिशत नागरिकलाई खोपमा पहुँच पु¥याउन धौ–धौ देखिएको छ ।

सरकारले को’रोना भाइरसविरु’द्धको खोप लगाउन लक्षित समूह प्राथमिकीकरण गरे पनि केही जिल्ला तथा पालिकामा समूह बाहिरकाले समेत खोप लगाएको पाइएको’ छ ।

योजना विपरित केही पालिका र जिल्लामा पहुँचका भरमा खोप लगाउने गरिएको हो । सरकारले कोभिड खोपको लागि लक्षित सर्मूहको प्राथमिकीकरण योजना बनाएको छ । तर, सरकारी निकायले खोप लक्षित वर्गले लगाए वा लगाएनन् भन्नेबारे अनुगमन तथा नियमन गरेका छैनन् ।

काठमाडौं सहित केही जिल्लामा लक्षित समूह बाहेक अन्यले समेत खोप लगाएका छन् । काठमाडौंमा १८ वर्ष उमेर समूहमाथिलाई जोन्सन एण्ड जोन्सन खोप लगाएका छन् । यसअघि सरकारले जोन्सन एण्ड जोन्सन खोप ५० देखि ५४ वर्ष उमेर समूहकालाई लगाउने निर्णय गरेको थियो ।

जोन्सन एण्ड जोन्सन खोप पूर्ण र अति अशक्त अपागंता भएका नागरिक, नेपालमा बसोबास गरिरहेका शरणार्थी, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मी, यसअघिको अभियानमा खोप लगाउन छुट भएकालाई लगाउने स्वास्थ्य मन्त्रालयको योजनामा छ । राजधानी दैनिकबा

By admin