काठमाडौं- राष्ट्र बैंकसहितका १५ वटा बैंकको सिस्टम ह्याक गर्ने चेताव’नी आएको छ। 

नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल, सहप्रवक्ता नारायण पोखरेल सहितका उच्च अधिकारीलाई बैंकहरुको सिस्टम ह्याक गरि रकम लैजाने चेतावनी बुधबार आएको थियो । 

ह्याकारले नेपाल राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नविल बैंक, राष्ट्रिय बाणिज्य बैंक, माछापुछ्रे, एमएमबी, एनआसी एसिया,बैंक अफ काठमाडौं लाई यस्तो चेतावनी दिएको हो ।

यस्तै सिटिजन, सानीमा, एसबीआइ, एभरेस्ट, नेपाल इन्भेस्टमेन्ट, हिमालयन बैंकको सिस्टम ह्याक गरेर ठूलो क्षति पुर्‍याउने चेतावनी इमेल र फोन मार्फत आएको हो। 

राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले दिएको जानकारी अनुसार सबै बैकलाई इमेल र फोनमा सानो म्यासेज आएको बताए ।

‘ध’म्की भन्दा पनि सानो म्यासेज आएको थियो,’ प्रवक्ता ढकालले  भने, ‘म्यासेज आउनासाथ हामीले रातिनै सबै डेटाहरु चेक गर्‍यौं । त्यस्तो आतंकित हुनुपर्ने केही छैन ।’

अहिलेपनि आफूहरुले ‘सिस्टम’ लाई सुक्ष्मरुपमा हेरिरहेको उनको भनाइ छ । 

By admin