काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५११ जनामा को’रो’ना भा’ईर’स पुष्टि भएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरिका विभिन्न प्रयोगशालमा ११ हजार २ सय ८ जनाको पिसिआर र ३ हजार ९७१ जनाको एन्टीजेन परीक्षण गर्दा थप १ हजार ५११ जनामा को’रोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


पछिल्लो २४ घण्टामा को’रो’ना भा’इर’स संक्र’मण मुक्त भएर १ हजार ६८९ जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्न जिल्लाबाट गरी १ हजार ६८९ जना निको भएका हुन् ।

नेपालमा पछिल्लो २४ घण्टामा को’रो’ना संक्र’मणबाट थप ११ जनाको मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपाल मृ’त्यु हुनेको संख्या ११ हजार २ पुगेको छ ।

हाल देशभर स’क्रिय संक्र’मितको संख्या २५ हजार ७७२ जना रहेको छ ।

यस्तै, काठमाडौं उपत्यकामा थप ४३० को’रोना संक्र’मित थपिएका छन् ।

काठमाडौंका २९३, ललितपुरका ९८ र भक्तपुरमा ३९ जनामा को’रोना संक्र’मण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

By admin