काठमाण्डौ – मौसम पूर्वानुमान महाशाखाले देशका धेरै ठाउँमा पर्सि बुधवारसम्म झरी पर्ने जनाएको छ ।


मौसम पुर्वानुमान शाखाले सुचना जारी गर्दै देशका केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन महाशाखाको आग्रह छ । आज सुदूरपश्चिमका केही ठाउँमा र भोलि प्रदेश – १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।


धेरै ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ । महाशाखाले पहाडी भू–भागमा भूक्ष’य, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आउने क्रम सुरु भएकाले मनसुन सक्रिय भएको मौसमविद् वरुण पौडेलले बताउनुभयो ।


शाखाले जारी गरिएको सुचनामा लेखिएको छ मिति २०७८ ०४११ बाट बिस्तारै न्युन चापीय रेखा नेपालको तराई भु–भाग नजिक आउने सम्भावना रहेको र सो प्रणालीका कारण देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम बर्षा हुनुका साथै सोमबार सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी बर्ष मंगलबार राती प्रदेश नं १ बाग्मति, गण्डकी ,कर्णली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा

भारी बर्षाको सम्भावना रहेको छ । साथै प्रदेश १ र बाग्मति प्रदेशको एक वा दुई स्थानमा धेरै भारी बर्षका पनि सम्भावना रहेको छ भने बुत्रकार देशैभरी धेरै स्थानहरुमा हल्का देखि मध्यम बर्ष भई थोरै स्थानहरुमा भारी÷धेरै भारी बर्षाको सम्भवना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

By admin