जापान – जापानको एक नगरले तेस्रो सन्ताान जन्माउने दम्पत्तिलाई २० लाख येन दिने भएको छ । साथै तेस्रो सन्तान पनि पछि जन्माने बच्चाको लागि पनि उक्त नगरले २० लाख येन नै दिईनेछ ।


जापानमा शिशु जन्मदर निकै ज्युन छ । दशकौ देशि जम्दर घट्दै आईरहेको छ । राष्ट्रिय तथा स्थानिय सरकारहरुले थप सन्तान जन्माउन प्रेरित गर्न भन्दै यस्तो योजना ल्याएको हो । यस्तोमा मातापिताहरुलाई थप सन्तानका लागि नगरले बच्चाको मातापितालाई २० लाख येन अर्था १८ हजार १८० डलर दिईनछ ।


यसको अर्थ नगर अधिकारीहरुले डेलिभरि रुममै हजार येनका २०० ओटा कागजी नोट लिएर पुग्छन् भन्ने चाँहि होईना । यो रकम बच्चा हुर्काउन र उनीहरुको शिक्षा दिक्षाको लागि हो । अभिभावकहरुले बच्चा जन्मने बित्तिकै २ लाख येन प्राप्त गर्नेछन् । बच्चा ६ बर्ष १४ र १५ बर्षको हँदा क्रमश ४ लाख र ८ लाख पाउनेछन् । यो बर्षको शुरुमा सादोले शहरमा जन्मने हरेक नवजात शिशुलाई १ लाख येन नगद दिने कार्यक्रम शुरु गरेको थियो ।


तर यो योजना तेस्रो सन्तान देखि नै किन लागु गरियो त ? गत बर्ष सादोमा पहिलो देखि नै सन्तान भईसकेको घरपरिवार माझ गरएको एक जनमत सर्वेक्षणमा सहमागीहरुलाई कतिको ठुलो परिवार मन पर्छ भनेर सोधिएको थियो ।

आधा भन्दा धेरै उत्तरदाताहरुले तिन ओटा सन्तान जन्माउन चाँहेको तर यति ठुलो परिवार आर्थिक रुपमा आफ्ना लागि भार हुने बताएको थियो । त्यहि भएर पनि तेस्रो सन्तान जन्माउन प्रेशित गर्नको लागि यो योजना ल्याइएको हो ।


सन्तानको लालन पालनका लागि आर्थिक टेवा पाउन पनि तेस्रो बच्चा नै कुर्न पर्ने अवस्थाले अहिले बच्चा नै नजन्माएका दम्पत्तिका लागि पहिलो र दोस्रो सन्तान जन्माउने निर्णय गर्न गाह्रो हुने तर्क पनि जायज हो ।

तर घर परिवारलाई मात्रै नभएर जापनका अन्य क्षेत्रमा रहेका मानिसहरुलाई समेत सादोमा आएर बच्चा जन्माउन र हुर्काउन प्रेरित गर्छ भन्ने अपेक्षा नगरले गरेको छ ।

By admin