पूर्वी नवलपरासी – जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास नगरिए नेपाल अ’फगा’निस्ता’न जस्तै मुलुक बन्ने बताएका छन् ।

सोमबार पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा पार्टीद्वारा आयोजित कार्यक्रममा डा. भट्टराईले अन्तर्राष्ट्रिय शक्ति सन्तुलन राख्नका लागि भए पनि एमसीसी पास गर्नुपर्ने नत्र नेपाल अफ’गानि’स्तान जस्तै बन्ने बताए ।

उनले भने, ‘अन्तर्राष्ट्रिय शक्ति सन्तुलन कायम राख्नका लागि पनि एमसीसी पास गर्नुको विकल्प छैन । होइन भने उनीहरुको स्वार्थको भुमरीमा नेपाल फस्नेछ । भारत, चीन र अमेरिकासँग सन्तुलित सम्बन्ध राख्न नसके नेपाल अफ’गानि’स्तान जस्तै बन्नेछ ।’

यसकारण नेपालले भारत, चीन र अमेरिकासँग सन्तुलित सम्बन्ध राख्नका लागि भए पनि एमसीसी पारित गर्नुपर्ने उनको भनाइ छ । डा. भट्टराईले जसपा कुनै पनि शक्ति राष्ट्रसँग दु’श्म’नी पनि नगर्ने, नझु’क्ने पनि धारणा राखे ।

यो पनि पढनुहोस : वायुसेवा निगमका महाप्रबन्धक डिनप्रकाश पौडेलको विषयलाई लिएर आ’न्दोल’न गरिरहेका कर्मचारीले आजदेखि आफ्ना सबै आ’न्दो’लन स्थगित गरेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग मन्त्रालयमा भएको छलफलपछि कर्मचारीहरूले आफ्ना आ’न्दो’लनका कार्यक्रम स्थगित भएको जानकारी दिएका हुन् ।

मन्त्री आले तथा नेपाल वायुसेवा निगमका कर्मचारीबीच नेपाल वायु सेवा निगमका महाप्रबन्धक पौडेलका विषयमा उठेका समस्या कानूनसम्मत तरिकाले समाधान गर्ने सहमतिपश्चात आ’न्दो’लनका सबै कार्यक्रम स्थगित भएको नेपाल राष्ट्रिय कर्मचारी युनियनका अध्यक्ष सुवास डाँगीले बताए ।

उनले भने, “महाप्रबन्धक र हामी कर्मचारीबीच सम’स्या समाधान गरिने सहमति भएको छ, मन्त्रीले हामीलाई १५ दिनको समय दिनुभएकाले हामीले आफ्ना आन्दोलनका कार्यक्रमलाई स्थगित गरेका छौँ ।”

नेपाल वायुसेवा निगमका महाप्रबन्धक पौडेलका कारण वायुसेवा निगम घाटामा गइरहेको आ’रोपसहित कर्मचारीले १०४ दिनदेखि आन्दो’लन गर्दै आएका थिए ।

यसै क्रममा आन्दोलनरत कर्मचारीका विभिन्न सङ्घ÷सङ्गठनले मन्त्री आलेलाई महाप्रबन्धक पौडेलको ब’र्खास्तीका लागि भन्दै ज्ञापनपत्र बुझाएका छन् । महाप्रबन्धक पौडेललाई पुनः नेपाल वायुसेवा निगममा नपठाउन कर्मचारीको माग रहेको छ ।

कर्मचारीले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री आलेले नेपाल वायुसेवा निगमको स्तरोन्नति तथा वृत्ति विकासका लागि आफू सदैव लागि पर्ने बताए । आलेले कर्मचारीका समस्या तथा वायुसेवा निगममा भए गरेका विस’ङ्गति तथा बेथितिलाई अन्त्य गरिने आश्वासन दिए । 

By admin