काठमाडौ – नेपाली कांग्रेसका नेता गगन थापा लगायतले विरो’ध गर्दा गर्दै नेकपा एमालेका नेता झलनाथ खनालको उपचारका लागि ३० लाख रुपैया निकासा भएको खुलेको छ ।

सरकारले पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई उपचारको लागि ३० लाख रुपैयाँ बजेट निकासा गरेको छ। अर्थ मन्त्रालयले मन्त्रिपरिषदको निर्णयअनुसार उपचार खर्च निकासा गरेको हो । 

अर्थ मन्त्रालय बजेट महाशाखाका एक अधिकारीले मन्त्रिपरिषदको निर्णयअनुसार बजेट निकासा भएको बताए । मन्त्रिपरिषदले निर्णय गरेपछि रकम निकासाको प्रक्रिया सुरु भएको ती अधिकारीको भनाइ छ ।

पूर्वप्रधानमन्त्री खनाल हाल भारतमा उपचार गराइरहेका छन् । तत्कालीन केपी ओली सरकारको मन्त्रिपरिषद बैठकले उपचार खर्च व्यहोर्ने निर्णय गरेको थियो ।  गगन लगायत केही नेताहरुले विदेशमा उपचार गराएका नेतालाई उपचार खर्च पठाउनु का’नुन वि’परित हुने भन्दै विरो’ध जनाएका थिए ।

तर सो रकम ओली सरकारकै पालामा निकासा भएको बुझिएको छ । एमाले नेताहरुका अनुसार उनको मिर्गौला प्रत्यारोपण गरिनेछ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले खनालको उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरेको थियो । त्यस लगत्तै विरोधका स्वर उठेका थिए ।

प्रधानमन्त्री देउवाले पनि खनाललाई नै फोन गरेर उपचार खर्च सरकारले बेहोर्ने बताएका थिए । तर गगन थापाले सो कुरा लागू गर्न नमिल्ने भन्दै विरो’ध जनाएका थिए । खनालको विदेशमा उपचार गर्दा लागेको खर्च व्यहोर्ने निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारको निर्णय गैरकानुनी भन्दै विरोध भएकै बेला रकम निकासा भएको कुरा खुलेको हो ।

पूर्ववर्ती सरकारका कतिपय निर्णय उल्टाए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले खनालको उपचार खर्चसम्बन्धी गैरकानुनी निर्णयलाई कायम राखेका छन्।

By admin