केही दिनयता काठमाडौं उपत्यकामा को’रोना संक्र’मण बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले औँल्याएको छ।

एक साताअघिसम्म दैनिक ४ देखि ४ सय ५० को हाराहारीमा संक्र’मित संख्या रहेकोमा केही दिन देखियता बढ्दै गएर दैनिक ७ सयको हाराहारीमा संक्र’मित भइरहेका छन् । बुधवार उपत्यकामा चौबिस घण्टाभित्रमा परीक्षण भएका नमुनामध्येमा ६ सय ९७ जनामा कोरोना पुष्टि भएको छ ।  

निषेधाज्ञा खुकु्लो भएसँगै भएको लापरबाहीको कारण संंक्र’मण दर बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । उनले साउनदेखि यता संक्रमित संख्या दैनिक रूपमा वृद्धि हुँदै गएको प्रवक्ता अधिकारीको भनाइ छ।  

बुधबार दैनिक प्रेस ब्रिफिङका क्रममा अहिले संक्र’मण पुष्टि भएका भन्दा बढी समुदायमा हुनसक्ने बताए । लक्षण नभएका, परीक्षण गर्न नगएका सहित अहिले देखिएको तथ्यांकभन्दा बढी समुदायमा हुन सक्ने उनको आंकलन छ । ‘एकातिर हामीले जनस्वास्थ्यको मापदण्ड उल्लंग्न गर्दै गइरहेका छौं, अर्कोतिर लक्षण नभएका संक्र’मित परीक्षण गर्न जाने क्रम पनि कम छ,’ उनले भने । 

लक्षण विहीनबाटै यो संक्रमण थप फैलिने जोखिम भएकोले शं’कास्पद व्यक्ति परीक्षणको लागि जान उनको सुझाव छ । मन्त्रालयका अनुसार दैनिक परीक्षण गर्न जानेमध्येमा संक्र’मित हुने दर करिब २५ प्रतिशतको हाराहारीमा रहेकोले यो सं’क्रमणमदर ठूलो संख्या रहेको अधिकारीले बताए ।  

उपत्यकामा संक्र’मण बढेपछि अस्पतालमा बिरामी भर्ना हुने दर बढेको शुक्रराज ट्रपिकल तथा सरुवा रो’ग अस्पतालका प्रमुख डा.अनुप बाँस्तोलाले बताए । बाँस्तोलाका अनुसार यो अस्पतालमा दैनिक १५ देखि २० जना लक्षण सहितका बिरा’मी अस्पताल पुगेका छन् । 

उनीहरू मध्येमा ७ देखि १० जना दैनिक भर्ना हुने गरेका छन् भने अस्पतालको २४ बेड क्षमताको आइसियुमा २१ जना भर्ना भएका छन् । डा. बाँस्तोलाका अनुसार संक्रमित हुनेहरूमा खोप केन्द्रमा खोप लगाउन लाइन बसेकाहरू मध्येबाट धेरै छन् । निषेधा’ज्ञासँगै नागरिकले जनस्वास्थ्यको मापदण्ड उल्लं’घन गर्दै जानुले संक्रमण पुन उकालो लागेको डा.बाँस्तोलाको तर्क छ ।  यो समाचार राजधानी दैनिकमा छ ।

By admin