काठमाडौं – नयाँ भेरियन्ट सहितको को’रोना भा’ईरसको संक्र’मणदर दिनप्रतिदिन तिव्र गतिमा बडदै गएपछि सरकारले एक महिना स्वास्थ्य संकटकाल लगाउने तयारी गरेको छ। सो अनुसार सरकारले राष्ट्रपतिलाई सिफारिस गरेको छ। शीतल निवास स्रोतका अनुसार अहिले मुख्य सचिव, गृह सचिव लगायत शीतल निवास पुगेका छन् ।

यहाँ थिचि फेसबुकको यो ग्रुपमा जोडिनुहोस भाग्य चम्किनेछ ।

देशमा को’रोना भा’इरसको सक्रमण बढ्दै गएर अवस्था भया’वह भएपछि सरकारले संकट’काल घोषणा गर्नेगरी सिफारिस गरेको हो । यस्तै संसदको विशेष अधिवेशन अन्तको ड्राफ्ट पनि तयार भएको बताइएको छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि संसदको विशेष अधिवेशन बोलाइएको थियो भने सो अधिवेशन अन्त्य गर्ने तयारी भएको हो ।


सरकारले संक्रमणलाई रोकथाम गर्नको लागि भन्दै जोखिमको आधारमा कतै पुर्ण त कतै आंशिक निषेधाज्ञा गरेको छ । सो गर्दा पनि कोरोना संक्रमितको संख्या घटेको छैन । दैनिक हजारौ संख्यामा थपिदै गईरहेको छ जसले गर्दा अस्पतलाको शैयाहरु पाउन मुस्किल हुदै गईरहेको छ । अक्सिजनको अभावको पनि सामान विभिन्न अस्पतलाहरुले गर्नु परिरहेको छ ।

के हो स्वास्थ्य संकटकाल ?

सरकारले स्वास्थ संकटकाल (जनस्वास्थ्य आपतकालीन सेवा) लगाउने तयारी गरेको छ । संक्रमितको संख्या बढेपछि रोगलाई नियन्त्रण गर्न सरकारले स्वास्थ्य संकटकाल गरिन्छ ।

 

नगरिक हक र मौलिक हकमा प्रतिकूल असर नपर्ने गरी स्वास्थ्य संकटकाल घोषणा गरिन्छ । यो संकटकाल राजनीतिक कारणले घोषणा गर्न लागिएको संकटकाल जस्तो होइन । बाहिर हिँड्नै नपाउने भन्ने होइन । त्यसैले संशय मान्नु पर्ने छैन । 

‘जनस्वास्थ्यमा गम्भीर समस्या देखियो, महामारीको अवस्था आयो भने जनस्वास्थ्य ऐनमा संकटकाल लगाउन सकिने व्यवस्था छ,’ ‘सरकारलाई काम गर्नको लागि सजिलो होस् भनेर स्वास्थ्य संकटकाल लगाउने हो ।’

संक्रमण रोग ऐन २०३०, संक्रामक रोग ऐन २०२०  र जनस्वास्थ्य सेवा ऐन २०७५, विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ र आवश्यक सेवा सञ्चालन ऐन २०१४ रहेको छ । यी ऐनको आधारमा सरकारले स्वाथ्यमा आपतकालीन सेवा घोषणा गर्ने हो । 

निजी क्षेत्रका संरचना अथवा सम्पत्तिहरू केही समयका लागि सरकारले लिन सक्छ । जस्तैः निजी अस्पताल, विद्यालय वा व्यक्तिको घर । अहिलेको महामारीको लागि क्वारेन्टाइन बनाउन निजी विद्यालय र होटलको सरकारले प्रयोग गर्न सक्छ । समय तोकेर निश्चित समयको लागि सरकारले अस्थाई स्वामित्त्व स्थापना गर्न सक्छ । 

कुन-कुन वस्तु वा सेवामा कसरी सरकारले आफ्नो नियन्त्रण कायम गर्छ । त्यो संकटकालको आदेशमा भर पर्छ । ‘सरकारले के-के प्रयोग गर्ने भन्ने स्वास्थ्य संकटकाल घोषणा गर्दा जारी गरिने आदेशमा उल्लेख गरिएको हुन्छ,’ भट्टराईले भने, ‘त्यो आदेशमा के-के आउँछ त्यसमा भर पर्छ ।’

By admin