सिडनी – अष्ट्रलिया सरकारले दिदै आएको आप्रवासीहरुको सेवा कटौति गर्ने भएको छ । मंगलबार सरकारको पछिल्लो बजेट नीति अन्तर्गत नयाँ आप्रवासीले प्रायः सरकारी कल्याणकारी सहयोग पाउन अब चार वर्ष पर्खनुपर्ने अर्थमन्त्री जोस फ्राइडेनबर्गदले बताएके हो ।

यहाँ थिचि फेसबुकको यो ग्रुपमा जोडिनुहोस भाग्य चम्किनेछ ।

यसअघि यस्ता सहयोग र भुक्तानी पीआर प्राप्त गरेको मितिदेखिनै प्राप्त हुदै आएकोमा सन् २०२२ को जनवरी १ देखि पीआर प्राप्त गर्ने मानिसहरूमा लागू हुने बताइएको छ । तर यस कदमको विपक्षी दललगायतका केही संस्थाले विरोध जनाएका छन् ।

आर्थिक वर्ष २०२१–२०२२ को सरकारी नीति तथा कार्यक्रममा मानिसको आय अनुसार बालबच्चा हुर्काउन प्रदान गरिने आर्थिक भुक्तानीदेखि अभिभावक बिदालगायतका भत्ताका लागि पनि नयाँ आप्रवासीहरूले अब थप समय पर्खनुपर्ने भएको हो । यो सँगै आपतकालिन सहयोगका रूपमा रहेको जब सिकर, शैक्षिक भत्ता र युवा भत्ता पाउन पनि चार वर्ष पर्खनुपर्ने भएको छ ।

यसरी नयाँ आप्रवासीहमाथिको उक्त सहयोग कटौती रकमबाट सरकारले पाँच वर्षको अवधिमा ६७१ मिलियन डलर बचत गर्ने अर्थमन्त्री फ्राइडेनबर्गले बताएका छन् । लिबरल सरकारका अर्थमन्त्रीले यस कार्यबाट राज्यलाई ठूलो रकम बचत हुने भएकाले यो कदम उठाइएको बताए ।

नयाँ बजेटले सन् २०२२ को मध्यसम्ममा अस्थायी र स्थायी दुवै किसिमका आप्रवासन कार्यक्रमहरू पुनः सुरु नहुने अपेक्षा राखेको छ।

By admin